बाबुराम भट्टराई र बालेन्द्र शाहबीच भेटवार्ता, शहरी विकासबारे छलफल

बाबुराम भट्टराई र बालेन्द्र शाहबीच भेटवार्ता, शहरी विकासबारे छलफल


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। मेयर बालेन्द्र शुक्रबार भट्टराई निवास पुगेर भेटवार्ता गरेका हुन्। 

दुईजनाबीच भएको भेटवार्ताको फोटो सामाजिक सञ्जालमार्फत डा.भट्टराईले सार्वजनिक गरेका छन् । उनले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श गरेको भन्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । 

मेयर शाह र भट्टराईबीच काठमाडौं महानगरपालिकाका समस्या, गर्न सकिने कामहरुका बारेमा छलफल भएको बताइएको छ । 

Logo