मलामी बोकेको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ४४ घाइते

मलामी बोकेको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ४४ घाइते


संखुवासभाको चैनपुर नगरपालिका-१० मा मलामी गएर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चैनपुर-९ का ४६ वर्षीय केशव कार्की र चैनपुर-१० का २४ वर्षीय गंगाबहादुर तामाङ रहेका छन् ।खाँदबारी-लेगुवा सडक खण्डको दुमकटामा शुक्रबार दिउँसो ट्याक्टर पल्टिदा उनीहरुको मृत्यु भएको हो।

त्यस्तै अन्य ४४ जना घाइते भएका छन् ।को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गइ दाहा संस्कार गरी पुनः मालामी बोकी फर्कने क्रममा ट्याक्टर दुम्कटामा दुर्घटनामा परेको हो ।

घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सवारी चालक चैनपुर-१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको जनाएको छ ।ट्याक्टरको लोडपिन अचानक भाँचिन गइ रोडको बाँयातर्फ पल्टिएको प्रहरीले जनाएको छ ।  
 

Logo