खेलकुदमा महिला सहभागीता बढाउन जोड

खेलकुदमा महिला सहभागीता बढाउन जोड


खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ।

महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारीस्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए। उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्युन रहेको बताए।

ठूला खेलकुद प्रतियोगिता आयोजनामा महिलाको सहभागीता खासै देखिँदैन। खेलको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिने राष्ट्रपति कार्यक्रमको अभियान हो । ‘महिला सशक्तिकरण हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम विकल्प’ भन्ने अभियानको नारा छ। हेर्दा सामान्य लागे पनि यसको सन्देश भने निकै अर्थपूर्ण छ। प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी महिलाले पाएका छन्। तर, असारे विकाससँग जोडिएको यो कार्यक्रम ग्रामीण बस्तीका विद्यालयस्तरमा भने पुग्न सकेको छैन।

खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले भने, ‘यो कार्यक्रमको मुख्य उद्देश्य खेल क्षेत्रमा महिलाको क्षामता बढाएर उनीहरूलाई निर्णायक बनाउन खोजिएको हो। खेलकुदमा महिला सहभागिता बढाउन आवश्यक छ।’

उनका अनुसार एक सय ५० जना महिला खेलाडी सहभागीता गराउने लक्ष्य हो। तर, मौसमले साथ नदिएका कारण टाढाका महिला सहभागी हुन सकेन।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले महिला सहभागिताको अर्थ पुरुषलाई उपेक्षा होइन्। तर, महिला भएका कारण धेरै क्षेत्रबाट हेपिएका छन्। प्रतियोगिता आयोजनामा महिलालाई पुरुषले पनि उतिकै साथ दिन आबश्यक छ।

एन्फाका केन्द्रीय सदस्य भरत बहादुर बुढ्थापाले प्रतियोगितामार्फत महिला सशक्तिकरणको सन्देश दिनु आफैंमा उदाहरणीय हो। एक त जुम्लाका महिला सबै क्षेत्रमा पछाडि छन्। अरु ठाउँका महिलाले खेलकुद क्षेत्रबाट पुरस्कार पाउँदा हाम्रा विद्यलयमा अध्यायनरत्त छात्रा सूरुवालमै हाइजम खेल्ने गरेको तितो सत्य सुनाए।

Logo