यस्तो देश जहाँ कण्डमको मूल्य १ लाख रुपैयाँ पुग्यो

यस्तो देश जहाँ कण्डमको मूल्य १ लाख रुपैयाँ पुग्यो


संसारका धेरै देशहरुमा सरकारले अस्थायी साधन कण्डम जनतालाई सित्तैमा उपलब्ध गराउँछ ।

तर एउटा देश यस्तो छ जहाँ कण्डमको मूल्यमा चरम वृद्धि हुँदा जनतामा हाहाकार मच्चिएको छ । कण्डमको मूल्य अस्वभाविक रुपमा बढेको देश हो भेनेजुयला । उक्त देशमा कण्डमको एक प्याकेटको मूल्य झण्डै एक लाख रुपैयाँ पुगेको छ ।

उक्त दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा एक प्याकेट कण्डम ९६ हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भैरहेको छ । यति महँगो हुँदाहुँदै पनि कण्डम किन्नका लागि औषधि पसल तथा कण्डम पाइने स्टोरहरू बाहिर मानिसहरुको ठूलो भीड लाग्ने गरेको छ । कण्डम मात्र होइन गर्भनिरोधक पिल्सको मूल्यले पनि भेनेजुयलामा आकाश छोएको छ ।

Logo