विश्वकप क्रिकेट : वेष्ट इण्डिज अफगानिस्तानसँग २३ रनले विजयी

काठमाडौं,
एकदिवसीय विश्वकपमा पहिलो जितको खोजीमा रहेको अफगानिस्तान अन्ततः पराजित भएको छ । लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजबाट पाएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले सबै ओभर सकिंदा २८८ रन मात्र जोडेको थियो । यो सँगै अफगानिस्तान जारी खेलमा कुनै पनि जित हासिल नगरि बाहिरिएको छ ।

जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल खडा गरेको थियो । आज बंगलादेश र पाकिस्तानवीच खेल हुने तालिका छ ।