यस्तो छ लिउको भ्रमण तालिका

यस्तो छ लिउको भ्रमण तालिका


नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं र्लिनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले दिउँसबाटै उच्चस्तरीय भेटघाट  थालेका छन् । 

६ सदस्यीय टोलीको नेतृत्व गर्दै सीए ४३७ उडान नम्बरको एअर चाइनाको चार्टर विमानबाट बिहान १० ०५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनुभएका लिउ केहीबेर आराम गरेर अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्तामा छन् । 

प्रधानमन्त्रीसँग दिउँसो भेटवार्ता गरेपछि लिउको सम्मानमा परराष्ट्र मन्त्री खड्काले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यको हैसियतले म्यारियट होटेलमा रात्रिभोजको आयोजना गर्ने छन् । 

भ्रमणको दोस्रो दिन भोलि चिनियाँ पाहुनाहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । पर्सि मंगलबार लिउ नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गर्नेछ । ओलीलाई लिउले मंगलवार विहान १० बजे बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

चिनियाँ विदेश विभाग प्रमुख लिउले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेर स्वदेश फर्कने छ । नेपालमा वामपन्थी एकताको बहस चलिरहेको र त्यसमा चीनको सदाशयता रहेको भनिएका बेला लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
 

Logo