बसले किच्दा सह चालकको मृत्यु

बसले किच्दा सह चालकको मृत्यु


 चितवनमा बसले किच्दा सह चालकको मृत्यु भएको छ । 

आज बिहान भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो । 

उनको ८ः५० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस बिग्रिएपछि चालक र सह–चालक दुवैले बस मर्मत गरिरहेका थिए ।

त्यहीबेला बस चालकले बस स्टार्ट गरि अगाडि बढाउने क्रममा बस मुनि रहेका सह–चालक किचिएका थिए । प्रहरीले बस र भरतपुर–२७ का ४२ वर्षीय चालक कुमार गुरुङलाई नियन्त्रणमा लिएको छ ।

Logo