रोजगारीको ग्यारेन्टी दिने कलेज- आइएसटी (भिडियो रिपोर्ट)

नेपालमा नै उत्कृष्ट हस्पिटालिटी एजुकेशन उपलब्ध गराउने उद्धेश्य राखेर १४ बर्षअघि स्थापना भएको ‘आइएसटी’ले आफूलाई अब्बल कलेजको रुपमा स्थापित गरिसकेको छ । ‘आइएसटी’ टुरिजम र होटल म्यानेजमेन्ट शिक्षा क्षेत्रमा उदाहरणिय र अनुकरणिय नाम समेत बनिसकेको छ ।

सार्ल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स् अस्ट्रीयाको सम्बन्धनमा सञ्चालित यस कलेजले न्यून मूल्यमा युरोपियन डिग्री उपलब्ध गराईरहेको छ । ‘आइएसटी’मा प्लस टु र ब्याचलर लेभलको अध्ययन अध्यापन हुनेगर्छ । आइएसटी सेकेन्डरी स्कूल, जसमा प्लस टु लेभलको होटल म्यानेजमेन्ट पढाईन्छ भने आइसिटी कलेजमा ब्याचलर लेभलको अध्ययन गर्न पाईन्छ ।

आइएसटीको विशेषता भनेको यसको भौतिक संरचना पनि हो । होटल म्यानेजमेन्ट कलेजकालागी आवश्यक सम्पूर्ण सुविधाले सुसजित यस कलेजमा बेकरी, एक्स्क्लुशीप बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङकोलागि मकपरुम, होटल रिर्जभेसन सिष्टमहरु लगायतका सवै सुविधाहरु रहेका छन् । नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको होटल मेनेजमेन्ट अध्ययन गर्न चाहानेहरुकालागी ‘आइएसटी’ उपयुक्त माध्यम हो ।

यस कलेजको सवैभन्दा उल्लेख्य विशेषता भनेको यस कलेजमा अध्ययन पुरा गरेका कुनैपनि विद्यार्थी बेरोजगार छैनन् । अर्थात ‘आइएसटी’ का प्रोडक्टकालागि रोजगारी ग्यारेन्टी जस्तै भएको छ ।

‘आइएसटी’ कलेजका धेरै विशेषताहरु छन् तर सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यस कलेजवाट अध्ययन पुरा गरेकाहरु शतप्रतिशत रोजगार बन्नु हो । ठोकुवाका साथ यसको मुल कारण भन्न सकिन्छ, क्वालिटी एजुकेशन । यहीकारण यो कलेज हरेकजसो बर्ष उत्कृष्ठ घोषित हुँदै आएको छ । बेष्ट बिजनेशनेज स्कूल अफ नेपाल वा बेष्ट टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज जस्ता उपाधि पाउनुले कलेजको विशेषता र गरिमा प्रष्टिन्छ ।

टुरिजम र होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहानेहरुकालागि काठमाडौंको ज्ञानेश्वरमा रहेको ‘आइएसटी’ अर्थात इन्टरनेशनल स्कूल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट सही गन्तब्य हुन सक्छ ।

प्रस्तुत छ, यस कलेजको विस्तृत विवरण समेटिएको भिडियो सामाग्री