नेपाल ढिलो चाँडो श्रीलंकाकै स्थितिमा पुग्ने माओवादी नेता श्रेष्ठको चेतावनी

नेपाल ढिलो चाँडो श्रीलंकाकै स्थितिमा पुग्ने माओवादी नेता श्रेष्ठको चेतावनी


नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् ।

देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि उनले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गर्न आह्वान गरेका छन् ।

हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार(सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट( स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता, समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्‍याउने त्यतै हो ।’

 

Logo