सार्वजनिक स्थलमा सर्ट खोले जरिवाना

एजेन्सी । नेपालमा सामाजिक सञ्जालमा कडाई गर्न लाग्दा चर्को विरोध भईरहेको छ । अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै सामाजिक सञ्जालबाटै चर्को आलोचना तथा विरोध भईरहेको छ । तर चीनमा भने मानिसहरुलाई असामाजिक व्यववहार गर्न रोक लगाउन कडा नियम लागू भएको छ ।

चीनको शेनडोंग प्रान्तमा सार्वजनिक स्थलमा शर्ट खोल्न रोक लगाईएको छ । त्यस्तै सार्वजनिक स्थानमा कम्मरसम्मको कपडा फुकाल्न पनि नपाईने भएको छ । यो नियम उल्लघंन गरे जरिवाना तिर्नुपर्नेछ । यो नियम विस्तारै अन्य प्रान्तहरुमा पनि लागू गरिनेछ । जरिवाना कति तिर्नुपर्ने भन्ने उल्लेख गरिएको छैन् ।

चीनमा सन् २०१९ मार्च १ तारिखबाट नयाँ नियम लागू भएको छ । नयाँ नियम अनुसार सार्वजनिक स्थानमा कम्मरसम्मको कपडा फुकाल्दा जरिवाना तिनुपर्नेछ । स्विमिङ गर्दासमेत यो नियमको पालना गर्नुपर्नेछ ।

यो नियम लागू गर्नुको उद्देश्य जरिवाना बटुल्नुभन्दा मानिसहरुको खराब बानी सुधार गर्नु रहेको एक चिनियाँ अधिकारीको भनाई छ । नयाँ नियम अनुसार स्थानीयले झरनामा खुट्टा र कपडा धुँदा पनि जरिवाना तिनुपर्छ । सार्वजनिक स्थानमा थुक्दा वा जेब्रा क्रसिङबाहेकबाट बाटो काट्दा पनि जरिवाना तिर्नुपर्नेछ ।