भाइरल सोनमको फोटोमा देखिएको बच्चा कस्को ?

भाइरल सोनमको फोटोमा देखिएको बच्चा कस्को ?


बलिउड अभिनेता अनिल कपूरकी छोरी सोनम कपूरको एक तस्विर यतिबेला सोसल मिडियामा भाइरल भएको छ ।

हालै उनका पति आनंद आहूजाले सोनम र भर्खरै जन्मिएको शिशूको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी भाइरल भएकी हुन । 
सो तस्विरमा सोनम अस्पतालको बेडमा सुतेकी देखिन्छिन् र सोनमको छातीमा एउटा सानो बच्चा छ । सो फोटोमा सोनम मायालु नजरले बच्चालाई हेर्दै छिन् । यो कस्को बच्चा हो भनेर अहिलेसम्म सोनम र उनका पतिले आधिकारिक जानकारी भने दिइसकेका छैनन । 

सोनमले मार्च २०२२ मा आफ्नो प्रेग्नेंट भएको घोषणा गरेकी थिइन् । त्यसयता सोनम सामाजिक सञ्जालमा आफ्नो बेबी बम्प र प्रेग्नेंसी ग्लो फ्ल्यान्ट प्रर्दशन गरिरहेकी छिन् । 
पति आनन्दले पनि सोनमको यो फोटोमा कमेन्ट गर्दै सबैभन्दा प्यारी भनेका छन् । आनन्दले लेखेका छन । ‘क्यूटेस्ट क्यूटी पाई’ । 
सोनम अहिले ब्रेकमा छिन । बे्रक पछि उनी ब्लाइन्ड फिल्ममा पूनरागमन गर्दै छिन ।  सो फिल्मको मुख्य भुमिकामा पूरब कोहली, विनय पाठक र लिलेट दुबे देखिनेछन् । 

डेलिभरी पछि अभिनेत्रीले यो चलचित्रको शुटिङ सुरु गर्नेछिन् ।

Logo