सामान्य विद्यार्थीलाई सर्वोत्कृष्ट विद्यार्थी बनाउँदै बर्नहार्ट कलेज (भिडियो रिपोर्ट)

एउटै छानामूनि विद्यालय तहदेखि मास्टर तहसम्म अध्ययन अध्यापन हुने अग्रणी शैक्षिक संस्था हो- काठमाडौं बर्नहार्ट कलेज ।

गुणस्तरीय र भरपर्दाे शिक्षा प्रदान गर्ने हेतुले संचालित यो कलेज काठमाडौंको बल्खु चोकमा अवस्थित छ । सन् १९९९ बाट प्लस टु को कक्षा शुरु गरेको यस कलेजप्रति पछिल्लो समय आमविद्यार्थी र अभिभावकको चासो बढ्दो छ ।

दक्ष तथा अनुभवी शिक्षक शिक्षिका, अध्यापनको आधुनिक शैली, व्यवहारिक तथा प्रयोगात्मक शिक्षा नै यस कलेजको प्रमुख विशेषता हुन् । त्यसै कारणले यस कलेजमा अध्ययनरत विद्यार्थीहरुको नतिजा बर्षेनी सुधारोन्मुख बन्दै गएको छ । काठमाडौको कलेजहरुको भिडमा छुट्टै पहिचान बनाउन सफल यस कलेजको नतिजा ९० प्रतिशत भन्दामाथि छ ।

यस कलेजमा प्लसटु तर्फ व्यवस्थापन, विज्ञान र मानविकी संकायको पढाई हुन्छ भने ब्याचलरतर्फ विएस्सी, सिएसआइटी, बिबिएस, बिए, बिएसडब्ल्युको पढाई भैरहेको छ । यसका साथै यस कलेजले मास्टर लेभलको एमबीएसको कोर्स पनि संचालन गरिरहेको छ ।

सामान्य विद्यार्थीलाई सर्वोत्कृष्ट विद्यार्थी बनाउने लक्ष्यका साथ संचालन भईरहेको यस कलेजले विद्यार्थीहरुलाई पढाईमा ध्यानकेन्द्रित गराउन विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ । जेहेन्दार तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई विभिन्न प्रकारको छात्रवृति प्रदान गर्दै आएको यस कलेजले पाठ्यक्रमलाई नतिजामूखी भन्दापनि ज्ञानमुखी बनाउँदै अघि बढाईरहेको छ ।

यस कलेजमा लामो समयको शिक्षण अनुभव बटुलेका २ सय भन्दा बढी शिक्षक शिक्षिकाहरु कार्यारत छन् भने साढे ७ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिसकेका छन् । कलेजले विभिन्न प्रकारका एक सय भन्दा बढी अवार्डहरु समेत प्राप्त गरिसकेको छ ।

प्रस्तुत छ, कलेजको बारेमा तयार पारिएको विस्तृत भिडियो सामाग्री