फेरि आमाको हत्या, मर्नुअघि छोरालाई खुवाईन् मासु भात

राजविराज । भक्तपुरमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गरेको घटना सेलाउन नपाउँदै सप्तरीमा पनि एक छोराले पनि आमाको हत्या गरेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामी मगरले खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गरेका हुन् ।

बिहीबार साँझ खाना खाईसकेपछि जंगबहादुरले ६४ वर्षीया आमा धनमायाको हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट धनमायाको गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव घरमै फेला परेको थियो ।

मनोरोगी र नियमित मादक पदार्थ सेवनको अम्मली रहेका जंगबहादुरले आमाको हत्या गर्दै खुकुरी लिएर धम्क्याईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका जंगबहादुरलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

आमाको हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित उनकै छोरा जंगबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए ।

छोराले इच्छा गरेपछि बिहान घरमा पालेको कुखुराको भाले काटेर आमाले नै पकाएर खुवाएकी थिइन् । छोराले साग पनि खाने भनेपछि आमाले सकि–नसकी साग टिपेर ल्याइ पकाएर खुवाएको मृतकका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामीको भनाई छ । धनमायाले घरमा खैनी र मोबाइलमा रिचार्ज सकिएको भनेपछि लोकबहादुर बजार गएकाबेला धनमायाको हत्या गरिएको हो ।

जंगबहादुरलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनाको थुनमा हिरासतमा राखिएको छ । आठ वर्ष अघि जंगबहादुरकी श्रीमती १० र १३ वर्षीया दुई छोरासहित घर छाडेर उदयपुरको बतासेस्थित माइत बस्न गएकी थिईन् ।

एउटाले टाउँको, अर्कोले खुट्टा समाए अनि तेस्रोले आमाको घाँटी रेटे

भारतीय ‘कन्ट्राक्ट किलर’ लाई १२ लाख दिएर आमाको हत्या !