गर्भवती समिराको पानीमुनी फोटोसुट

एजेन्सी । बलिउड अभिनेत्री समिरा रेड्डी फेरि आमा बन्ने तयारीमा छिन् । गर्भवती समिराको बेबी बम्पका केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले अण्डरवाटर फोटोसुट गराएकी हुन् । जुन तस्बिरहरुका कारण सामाजिक सञ्जालमा उनको टिका टिप्पणी भईरहेको छ ।

समिराले बिकीनी पहिरिएर बोल्ड फोटो सुट गराएकी छिन् । पानी मुनि पुक्क पेट देखाउदै फोटो शेसन गरेकी छन् । उनले पोस्ट गर्दै लेखेकी छिन्, ‘म प्रेग्नेन्सीको नौं महिनामा बेवीको सुन्दरता उत्सव मनाउदै छु ।’ पानीभित्र फोटोसुट गराएकी कारण यी तस्बिर विशेष छन् ।

उनका चार वर्षका छोरा हंस वर्दे छन् । समिराले यसअघि पनि आफ्नो बेबी बम्पका विभिन्न तस्बिर पोष्ट गर्दै आएकी थिईन् । त्यो बेला उनले नकारात्मक टिप्पणी मात्र पाईराख्थिन ।

तर यतिबेला भने राम्रो प्रतिक्रिया पाएकी छन् । उनले रेस, दे दना दनजस्ता चर्चित फिल्ममा काम गरेकी छिन् । ३४ वर्षीया रेड्डीले यसअघि शरिरको विषयमा आएका टिप्पणीमा गतिलो जवाफ दिएकी थिईन् ।