हिरो इलेक्ट्रिकद्वारा देशभरका बिभिन्न स्थानमा डिलर आह्वान

हिरो इलेक्ट्रिकद्वारा देशभरका बिभिन्न स्थानमा डिलर आह्वान


हिरो इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई मोविलिटीले देशका विभिन्न स्थानमा डिलर आह्वान गरेको छ । 
लक्ष्मी ग्रुप अन्तर्गतको यो कम्पनीले इलेक्ट्रिक स्कुटर आयात गरेर कारोवार थालेपछि पहिलोपटक यति धेरै संख्यामा डिलर आह्वान गरेको हो ।

कम्पनीले अहिले काठमाडौंको त्रिपुरेश्वरमा शोरुम संचालन गर्दै आइरहेको छ भने निकट भविश्यमै देशभर डिलर नेटवर्क विस्तार गर्ने योजना वनाएको छ । सोही योजना अनुरुप वुटवल, नेपालगन्ज, धनगढी, नारायणघाट, विरगंज, इटहरी र जनकपुरमा डिलर आह्वान गरिएको हो ।

नेपाली बजारमा यो ब्रान्डको तीनवटा मोडलका स्कुटर उपलब्ध छन् । जसमध्ये फोटोन एचएक्सको मूल्य २ लाख ४९ हजार ६ सय, एनवाइएक्स एचएक्सको २ लाख ८४ हजार ६ सय र अप्टिमा एचएक्स सिंगल व्याट्रीको २ लाख ९ हजार ६ सय र डवल व्याट्रीको ३ लाख ९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यी तीन स्कुटरमध्ये फोटोन एचएक्समा ७२ भोल्ट र २६ एम्पियर आवर क्षमताका लिथियम आयोन व्याट्री र १ हजार २ सय वाटको डिसी मोटर जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गरेपछि १ सय ८ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । यो स्कुटरलाई फुल चार्ज गर्न ५ घण्टा लाग्नेछ भने अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा रिजेनेरिटिभ व्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।

एनवाइएक्स एचएक्समा ५१.२ भोल्ट र ३० एम्पियर आवर क्षमताका दुइवटा लिथियम आयोन व्याट्री र ६ सय वाटको विएलडिसी मोटर जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गरेपछि १ सय ६५ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । यो स्कुटरलाई फुल चार्ज गर्न ४ देखी ५ घण्टासम्म लाग्नेछ भने अधिकतम गति ४२ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा रिजेनेरिटिभ व्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।

यसैगरी अप्टिमा एचएक्स ५२.१२ भोल्ट र ३० एम्पियर सिंगल र डवल दुवै व्याट्री अप्सनमा उपलब्ध छ । यो स्कुटरमा ५ सय ५० वाटको विएलडिसी मोटर जडान गरिएको छ, जसको पिक पावर १ हजार २ सय वाट रहेको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि सिंगल व्याट्रीले ८२ किलोमिटर र डुअल व्याट्रीले १२२ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यो स्कुटरलाई फुल चार्ज गर्न ४ देखी ५ घण्टासम्मको समय लाग्नेछ भने अधिकतम गति ४२ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा रिजेनेरिटिभ व्रेकिङ सिस्टम उपलब्ध गराइएको छ ।

Logo