तेल उद्योगमा भीषण आगलागी

वीरगञ्जमा वनस्पती तेल उद्योगमा भीषण आगलागी लागेको छ । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा बिहानैदेखि भीषण आगलागी भएको हो ।

करेन्ट सर्ट भएर उद्योगको प्याकेजिङ तथा गोदाममा लागेको हो । बारा, पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आगलागीबाट हुने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।