अमेरिकामा फेरि गयाे शक्तिशाली भूकम्प

अमेरिकामा फेरि शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यमा ७ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको हो।

बिहीबार मात्रै सो राज्यका रिडगेक्रेस्ट शहरलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्निच्युटका भूकम्प गएको थियो । सो भूकम्प दुई दशकमा सबैभन्दा ठूलो धक्का थियो ।

शनिबार फेरि ठूलो भूकम्प गएको हो । यसले पुर्याएको क्षतिका विवरण भने आउँन बाँकी रहेको छ । बिहीबारको भूकम्पपछि वैज्ञानिकहरुले ठूलो भूकम्प आउन सक्ने भन्दै सचेत गराएका गराएका थिए ।

केन्द्रबिन्दु रहेको स्थानमा बिहीबार यता दर्जनौ पटक पराकम्प भएका थिए । स्थानीय समयअनुसार शुक्रबार बिहान मात्रै ५ दशलव ४ म्याग्निच्युटको पराकम्प गएको थियो ।