त्रिभुवन विश्वविद्यालयमा विकृति भएको भन्दै अनेरास्ववियूका विद्यार्थीले सुरु गरे अनसन

त्रिभुवन विश्वविद्यालयमा विकृति भएको भन्दै अनेरास्ववियूका विद्यार्थीले सुरु गरे अनसन


सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहितका विद्यार्थी नेताहरु आमरण अनसनमा उत्रिएका छन्। त्रिभुवन विश्वविद्यालयमा भएको विकृति, विसंगती र शैक्षिक अपराधीकरण विरुद्ध अनसन थालेको अध्यक्ष पराजुलीले बताए । 

उनीहरुले विभिन्न १३ बुँदे माग गर्दै अनसन थालेका हुन् । उनीहरुले  १३ बुँदे मागसहित त्रिविका उपकुलपतिलाई ज्ञापन पत्र समेत बुझाइएको छ।

एमफिल र पीएचडीलाई नियमित बनाउनपर्ने, रोकिएको स्ववियु निर्वाचन नियमित हुनपर्ने, सबै तहको पाठ्यक्रम समयानुसार परिमार्जन हुनपर्ने, परीक्षा सकिएको बढीमा ३ महिनामा नतिजा प्रकाशन गर्नपर्ने लगायतका विभिन्न मागहरु अनेरास्ववियूले उठाएको छ। अध्यक्ष पराजुलीका अनुसार माग पुरा नभए अनेरास्ववियू पछि नहट्ने दाबी गरे ।  

अनसनमा अध्यक्ष सुदेश पराजुली,  उपाध्यक्ष माधव पन्त, उपमहासचिव महेश श्रेष्ठ, अशोक थापा, कल्याण दाहाल, मेघनाथ चापागाईं,सचिव संगिता थापामगर,स्थायी कमिटी सद्स्य विपिन पराजुली, प्रेम विश्वकर्मा, सचिवालय सदस्य प्रकाश थापा र समीर गौतम सहभागी रहेको उपमहासचिव अशोक थापाले जानकारी दिए । 

 

Skip This
Logo