हतियार किन्ने निर्णयमा एमालेको आपत्ति

हतियार किन्ने निर्णयमा एमालेको आपत्ति


प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयमा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले ग्लोबल बोलपत्रबिना  हतारमा नेपाल प्रहरीका लागि हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको हो । 

एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाए।

उनले भने ‘ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको हो होइन ? त्यसबारे सदनलाई स्पष्ट जानकारी गराउनुपर्छ। यसबारेमा सरकारले जवाफ दिनुपर्छ।

 

Logo