देशको अर्थतन्त्र सुधार्ने काम भइरहेको छ : दिलेन्द्रप्रसाद बडू

देशको अर्थतन्त्र सुधार्ने काम भइरहेको छ : दिलेन्द्रप्रसाद बडू


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् । 

आज बुधवार काठमाडौंमा एको निर्यात प्रवर्द्धनका लागि नवनियुक्त राजदूत र निर्यात व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताएका हुन् । 

उनले सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरू भने भइरहेको  बताए । उनले व्यापार घाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर देशको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे । 

उनले सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र देशको बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताए । 

उनले भने , ‘देशको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हेर्दा हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत पनि अहिलेको अवस्थालाई सुधार्ने र देशको बढ्दो आयातलाई व्यवस्थापन गर्ने, सक्दो प्रतिस्थापन पनि गर्ने, निर्यातलाई प्रवर्द्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी आओस् भनेर भन्ने उद्देश्यले केही निर्णय गरेको छ । राष्ट्रिय उत्पादन बढाउन अभियानको तयारीमा लागेका छौँ ।’ मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने उल्लेख गरे ।  

Logo