नेपाल एकदिवसीय वरीयतामा १९ औँ स्थानमा यथावत

नेपाल एकदिवसीय वरीयतामा १९ औँ स्थानमा यथावत


आइसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा नेपाल १९ औँ स्थानमा यथावत रहेको छ ।
अघिल्लो वरीयतामा पनि नेपाल १९ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा न्यूजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।
नेपालले एकदिवसीय क्रिकेटमा २९८ पोइन्ट पाएको छ । नेपाल भन्दा अघि नामिबिया २४१ पोइन्टका साथ १८ औं स्थानमा छ । नेपाल भन्दा पछि पपुवा न्यूगिनी १३४ पोइन्टका साथ २० औं स्थानमा छ । नेपाल टी—२० वरियतामा १३ औं स्थानमा छ । 

Logo