२४ घण्टामा थप २०६ जनामा कोरोना पुष्टि

२४ घण्टामा थप २०६ जनामा कोरोना पुष्टि


पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २ हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी कूल २०६ जनामा संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा ४५ जना  संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार  ५ जना सक्रिय संक्रमित रहेका छन् ।
 

Logo