जापानमा पनि प्रर्दशनी हुदै चलचित्र : चिसो मान्छे

जापानमा पनि प्रर्दशनी हुदै चलचित्र : चिसो मान्छे


स्वस्तिमा खड्काको चलचित्र ‘चिसो मान्छे’ जापानमा प्रर्दशन हुने भएको छ । चिसो मान्छे बाजुराली भाषामा बनाइएको फिल्म हो ।  

नेपालमा यहि वर्षको असार ३ गतेका दिन रिलिज भएको चिसो मान्छे जापानमा १७ जुलाई अर्थात साउन १ गते प्रर्दशनमा आउने भएको हो । 
जापानमा नेपालीहरुको ठूलो समुदाय रहेको छ । जापानमा करिब ९७ हजार १०९ जना नेपालीहरू बसोबास गरिरहेका छन भन्ने तथ्याङमा देखिएको छ । 
जापानको नाको जेरो हलबाट चलचित्रको प्रर्दशनी सुरु हुने अभिनेत्री स्वस्तिमा खड्काले जानकारी दिइन । 
चिसो मान्छे चलचित्र दिपेन्द्र के.खनालद्वारा निर्देशित चलचित्र हो । यस चलचित्रको मुख्य भुमिकामा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, अशान्त शर्मा, लगायत रहेका छन् । 

चिसो मान्छे १.५ करोडको लगानीमा बनेको थियो । रिपोर्ट अनुसार हालसम्म चिसो मान्छेले २ करोड १५ लाखको कमाई गरिसकेको छ ।  

Logo