एसइई पूरक परीक्षाको तालिका परिवर्तन (तालिकासहित)

विद्यालय शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको तालिका परिवर्तन भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले  यसअघि साउन २६ र २७ गतेका लागि तय गरेको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने जनाएको छ ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने छन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि परीक्षामा सहभागी हुन सक्ने बोर्डले जनाएको छ ।