सुनकोको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनकोको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

यता चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

Logo