लोसपा र एमालेबीच उपसभामुखको उम्मेदवारीबारे छलफल हुँदै

लोसपा र एमालेबीच उपसभामुखको उम्मेदवारीबारे छलफल हुँदै


प्रतिनिधिसभाको उपसभामुखबारे छलफल गर्नका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) बीच छलफल हुने भएको छ। दुई दलका नेताहरुबीच केहीबेरमा छलफल हुँदै छ। शुक्रबार हुने निर्वाचनका लागि आज ११ बजेबाट मनोनयन दर्ताको समय तोकिएको छ। 

सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छिन्। संसद सचिवालयका कर्मचारीहरु मनोनयन दर्ताको प्रक्रिया सुरु गरेर उम्मेदवारहरूको पर्खाइमा छन्।

एमालेले उपसभामुखमा आफ्नो पार्टीबाट उम्मेदवारी दिने तयारी गरिसकेको छ। उसले लोसपालाई साथमा लिएर उम्मेदवारी तयारी गरेको छ। उम्मेदवारी मनोनयनका लागि ११ बजेबाट समय सुरु भइसकेको छ। सुरुमै एमालेकी सचेतक पुष्पा भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छन्। 

एमालेले उम्मेदवार टुंगो लगाइसकेको छैन। एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारको केहीबेरमा टुंगो लाग्नेछ। 

Logo