उन्नत नागरिक उत्पादन गर्नेः नोवेल एकेडेमी ( भिडियो रिपोर्ट)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित नोवेल एकेडेमीले लामो र गौरवमय शैक्षिक इतिहास बनाएको छ । नोवेल एकेडेमी यस्ता थोरै शैक्षिक संस्थामध्येमा पर्छ, जसले पूर्व प्राथमिकतहदेखि स्नातकोत्तरसम्मको कार्यक्रम सञ्चालन गर्छ ।

नेपालमा निजी क्षेत्रमा सबैभन्दा बढी कार्यक्रम सञ्चालन गर्ने पहिलो संस्था पनि नोवेललाई नै मानिन्छ । कम शुल्कमै स्तरिय शिक्षा पाइने नोवेलले जेहेन्दार, गरिब, पिछडिएको विद्यार्थीलाई सतप्रतिशतसम्म छात्रवृत्ति दिदै आएको छ ।

स्कुल लेभलदेखि प्लस टु हुँदै स्नातक तहसम्म अध्ययन अध्यापन हुने नोवेलमा उच्च माध्यामिक तहमा मानविकी, विज्ञान र व्यवस्थापन संकायको पढाई हुन्छ । उच्च सुविधायुक्त पुस्तकालय, विज्ञान ल्याव, कम्प्युटर ल्यावको सुविधा छ । त्यस्तै होस्टल, क्यान्टिन र यातायातको पनि राम्रो र सुलभ व्यवस्था गरिएको छ ।