‘सेप इन्डिया एजुकेसन फेयर’ शुक्रबारबाट काठमाडाैंमा सुरु

‘सेप इन्डिया एजुकेसन फेयर’ शुक्रबारबाट काठमाडाैंमा सुरु


‘सेप इन्डिया एजुकेसन फेयर’ शुक्रबारबाट काठमाडाैंमा सुरु हुदैछ ।

भोली र पर्सि दुई दिनसम्म चल्ने मेलामा भारतमा अध्ययन गर्न चाहने बिद्यार्थीहरुलाई लक्षित गरी बिभिन्न कोर्षबारे जानकारी दिईने आयोजक ‘सेप’ले जानकारी दिएको छ ।

काठमाडाैंकाे एभरेष्ट होटलमा आयोजना हुने शैक्षिक मेला अन्तर्गत इन्जिनियरिङ, आइटी, कम्युनिकेसन, हस्पिटालिटी, नर्सिङ लगायतका कोर्षका स्टल रहने आयोजकले जनाएको छ । ‘इन्डिया एजुकेसन फेयर’ यसअघि भारतका बिभिन्न शहरमा आयोजना हुँदै आएको भएपनि नेपालमा भने पहिलोपटक आयोजना भएको आयोजकले जनाएको छ ।

Logo