#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626814637398030456952848471
नेपाल157281344220

काठमाडौका बेष्ट २० प्लस टु कलेज (भिडियो रिपोर्ट)

सफल जीवनको पहिलो खुड्किलो हो प्लस टु तहको शिक्षा । प्लस टु तहको शिक्षामा विद्यार्थीले आफुलाई जसरी प्रस्तुत गर्छ, त्यहि अनुरुप उसको भविश्य निर्धारण हुन्छ । त्यसकारण जीवनलाई सवल, सक्षम र सफल बनाउनका लागि विद्यार्थीलाई सही शिक्षा आवश्यक पर्छ र त्यसका लागि विद्यार्थीले सही शिक्षालय छनौट गर्न सक्नुपर्छ ।

तर, विडम्वना प्लस टु तह अध्यापन गराउने काठमाडौंका शैक्षिक संस्थाहरुमा अस्वस्थ्य प्रतिस्पर्धा तिव्र छ । यहि तिब्र प्रतिस्पर्धाका कारण आम विद्यार्थी र अभिभावकहरु कन्फ्युजमा हुन्छन् । विद्यार्थीको रुची, योग्यता र लक्ष्यका आधारमा सोही अनुसारको सही कलेज छनौट गर्न सक्नु यो तहमा पुगेका विद्यार्थीको चुनौती हो ।

प्लस टु तहमा काठमाडौंका बेष्ट शैक्षिक संस्था कुन कुन होलान, एसईई परीक्षामा सफलता पाएका लाखौं विद्यार्थी र तिनका अभिभावकहरु सबैको चासोको विषय हो यो । तिनै विद्यार्थी र अभिभावकहरुलाई मध्यनजर गर्दै हामीले काठमाडौंका बेष्ट ट्वेन्टी शैक्षिक संस्थाहरुको सूचि तयार पारेका छौ ।

यहाँ उल्लेख गरिएका शैक्षिक संस्थाहरु विद्यार्थी र तिनका अभिभावकका निम्ती रिफ्रेन्स हुने हाम्रो विश्वास हो । प्लस टु शिक्षामा उल्लेखनिय योगदान पुर्याएका र निरन्तर उत्कृष्ट शैक्षिक परिणाम ल्याएका शैक्षिक संस्था यसमा समावेश छन् । जसलाई अंग्रेजी वर्णानुक्रम अनुसार क्रमशः प्रस्तुत गरिएको छ ।

प्लस टु तह अध्यापन गराउने शैक्षिक संस्थाको विगतदेखिको शैक्षिक नतिजा, भौतिक पूर्वाधार, अध्यापन पद्धती, शैक्षिक सामाग्री, शैक्षिक जनशक्ति, शैक्षिक वातावरण, पास आउट विद्यार्थीहरुको प्रगति विवरण, कलेजमा अध्यनरत विद्यार्थी तथा अभिभावकहरुको प्रतिक्रियालगायतका आधारमा हामीले बेष्ट २० शैक्षिक संस्थाहरुको सूचि तयार पारेका हौं ।

विद्यार्थीको शैक्षिक एवं सर्वाङ्गिण विकासमा ध्यान दिदै यि प्लस टु शिक्षालयहरुले विद्यार्थीहरुलाई लक्षित गन्तव्यमा पुर्याउन प्रमुख भुमिका खेल्नेछन् । अझ भनौं, सक्षम र असल नागरिक उत्पादनमा यि शैक्षिक संस्थाहरुले ध्यान दिनेछन् ।

प्रस्तुत छ, काठमाडौंका बेष्ट २० प्लस टु शैक्षिक संस्थाहरुको विस्तृत विवरण समेटिएको भिडियो रिपोर्ट:

सम्बन्धित समाचारहरु

ताजा समाचार