संसदमा नागरिकता विधेयकमाथि सैद्धान्तिक छलफल

संसदमा नागरिकता विधेयकमाथि सैद्धान्तिक छलफल


प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि उक्त विधेयकमाथि सैद्धान्न्तिक छलफल भइरहेको हो । 

यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सरकारको आलोचना भएको छ । उक्त विधेयक फिर्ता लिएलगत्तै फेरि सरकारले नागरिकता विधेयक ल्याएको हो । 
 

Logo