अर्थमन्त्री शर्मामाथि छानबिन प्रकरण : शुक्रवार अर्थ सचिव र राजस्व सचिवसँग छलफल

अर्थमन्त्री शर्मामाथि छानबिन प्रकरण : शुक्रवार अर्थ सचिव र राजस्व सचिवसँग छलफल


पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीवारको बैठकले शुक्रवार अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ । 

आज बिहीवार सिंहदरवारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले एजेन्डामा छलफल हुन नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए । उनले बुधवार अर्थ मन्त्रालयलाई पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण माग गरे पनि नआएको र बिहीवार कार्यालय सयमभित्र आउने अपेक्षा गरेको बताए । 

सचिव शर्माले समितिले तोकिएको समयमा नै छानविन प्रतिवेदन तयार गर्ने दृष्टिकोणसहितको कार्यतालिका भने पास गरेको सुनाए । अब सात दिनभित्र नै अध्ययन प्रतिवेदन लेख्ने गरी काम गर्ने सहमति भएको उनको भनाइ छ । सचिव अर्यालले बिहीवार पनि समितिको सभापति भने चयन हुन नसक्दा ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक बसेको जानकारी दिए ।   

सचिव अर्यालले शुक्रवार बिहान १० बजे समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागाजत तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने बताए । 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । 
 

Skip This
Logo