गभर्नर अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

गभर्नर अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

बिहीबार प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस  अगाडी कालो ब्यानरसहित अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीले समेत अधिकारीको राजीनामा मागिरहेका छन् ।

यता, नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको छ भने महाप्रसाद अधिकारीले आफ्नो नाम जोडेर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।

Skip This
Logo