भारतले धौलीगाडको बाँध खोलेपछि महाकाली तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

भारतले धौलीगाडको बाँध खोलेपछि महाकाली तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह


भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

परियोजनाले सिल्ट फ्लशिंगको कार्य गर्ने भएकाले बाँधको ढोका खोलिने जानकारी यसअघि नै स्थानीय प्रशासनलाई गराएको थियो । भारतले बेला–बेला बाँध सरसफाइको काम गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेका हुन् । 

Logo