ट्रम्प र मे बीच टेलिफोन वार्ता

वासिङ्टन,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री थेरेसा मे बीच छलफल भएको छ । टेलिफोनमार्फत् भएको छलफलमा उत्तर कोरिया बारे ट्रम्प र मेबीच कुराकानी भएको बताइएको छ ।

दुई नेताबीचको छलफलमा वासिङ्टन र लन्डनको सहकार्य, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, परमाणु हतियार लगायतका बारेमा पनि छलफल भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

ट्रम्प र मेले इरानको विषयमा पनि कुराकानी गरेको बताइएपनि वक्तव्यमा विस्तृत जानकारी भने दिइएको छैन ।
एजेन्सी