भारतीय ट्रकको ठक्करबाट अटोरिक्सा चालकको मृत्यु

भारतीय ट्रकको ठक्करबाट अटोरिक्सा चालकको मृत्यु


महोत्तरी।

महोत्तरीको बर्दिबासमा शनिबार भारतीय ट्रकको ठक्करबाट एक अटोरिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१ बस्ने अटोरिक्सा चालक शम्भु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।

वडा नं १ स्थित सडकमा रोकिराखेको ना३स २३६१ नंको अटोरिक्सालाई मालसामान बोकी आएको आजे२जिबी ३३४७ नंको भारतीय ट्रकले ठक्कर दिँदा अटोरिक्सामा बसिरहेका चालक श्रेष्ठको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि स्थानीय जनसेवा अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने भारतीय ट्रक र चालक भारतकै अरबिन कुमार बलाइतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

Logo