चट्याङ लागेर एक बालकको मृत्यु

चट्याङ लागेर एक बालकको मृत्यु


दाङमा चट्याङ लागेर  एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

 

Logo