एसीसी यू-१९ क्रिकेट: नेपाल फाइनलमा प्रवेश

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसियालाई ७ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाएको हो। मलेसियाले ८८ रनको लक्ष्य दिएको थियो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले २९ बलमा ३१ रन र भीम सार्कीले सार्कीले ३४ बलमा ३३ रन बनाएर अविजित रहे । ओपनर पवन सर्राफले १६ बलमा १८ रन बनाए । ओपनर रित गौतम १४ बलको सामना गर्दा जम्मा ३ रन बनाएर आउट हुँदा, खडक बोहरा शून्य रनमै आउट भएका थिए ।

नेपालका लागि सागर ढकालले ३ विकेट लिए । कुशल मल्लले २, कमलसिंह ऐरी र तिलक राज भण्डारीले एक–एक विकेट लिए ।

नेपालले अब फाइनलमा उपाधिका लागि सिंगापुर र हङकङबीचको विजेतासँग भिड्ने छ ।