#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व645242238248130022603067681
नेपाल209981825266

विषादी जाँच गर्ने निर्णयले नाकाबन्दी गरे जस्तो भयो- आपूर्तिमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तरकारीको विषादी जाँच गर्ने निर्णयले आफैलाई नाकाबन्दी गर्न खोजे जस्तो भएको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले भने, ‘विषादी जाँच गर्ने निर्णयले हामी आफैमाथि नाकाबन्दी गर्न खोजे जस्तो भयो।’ यो निर्णयले तरकारीको अभाव भइ महंगी बढेको मन्त्री यादबले बताए।

हिजो केही गर्न नसकेकाहरूको अर्कै फूर्तिफार्ती देखिएको भन्दै मन्त्री यादवले भने ,  ‘हामीले त विषादी खानु हुँदैन भनेर निर्णय गर्‍यौं । के रहेछ भने हामीसँग त्यो क्षमता नै रहेनछ । कृषि मन्त्रालयको क्षमता बुझ्नु पर्‍यो गएर ।’

कृषि मन्त्रालयका सचिवले नै विषादी जाँच गर्ने क्षमता नभएको भनेर आफूलाई पत्र पठाएको मन्त्री यादवले बताए । मन्त्रालयको पत्रमा काठमाडौंमा मात्रै अन्तर्राष्ट्रिय स्तरको विषादी परीक्षण गर्ने प्रयोगशाला रहेको भनेर खुलाइएको बताए । ‘त्यो स्तरको प्रयोगशाला स्थापना गरुञ्जेलका लागि पूर्व अवस्थामा गएका हौं,’ उनले भने, ‘पक्षका साथीहरू पनि कस्ता–कस्ता प्रश्न उठाउन थाले । जिज्ञासा राख्नु एउटा कुरा, उफ्रिनु अर्कै कुरा हो । पावर हातमा आयो भने जे पनि गर्न खोज्ने प्रवृत्ति छ, कुर्सीमा जान नपाए पूरै अराजक भइदिने क्या ! यथार्थमा नटेकेर बहस गर्नु राम्रो कुरा होइन ।’

सांसदहरूले भारतसँग झुकेर विषादी परीक्षण नगर्ने  निर्णय गरिएको बताएपछि जवाफमा मन्त्री यादवले भने, ‘जसको आफ्नै बानी छ झुक्ने, तिनीहरूले विदेशीसँग झुक्यो भने । हामी विदेशीसँग मित्रवत् व्यवहार गर्छाैं, न झुक्ने न लड्ने ।’

सांसद सरिता प्रसाइँले नेपालको चिया, अलैची, अदुवा सबै चिज भारत निर्यात हुँदा चेकजाँच हुने गरेपनि नेपालले चेकजाँच गर्न नपाउने कारण के छ भनेर प्रश्न गरेकी थिइन् । त्यस्तै सांसद रामप्रित पासवानले सोधे, ‘बजारमा सरकार छ भन्नुभएको छ, तरकारी र फलफूलको माध्यमबाट विषादी खान बाध्य छन्, सरकार कहाँ छ ?’

सांसद सुमनलाल प्याकुरेलले विदेशबाट आएको तरकारी लगायत विषादीबारे निकै चर्चा भइरहेको अवस्थामा प्रयोगशालाबारे फरक–फरक मन्त्रीको फरक–फरक धारणा नहुनु राम्रो हुने सुझाव दिए ।

सांसद उदया शर्मा पौडेलले भारतबाट सोझै कालिमाटी आउने तरकारीलाई परीक्षण गरेर मात्रै बजारमा पठाउनुपर्ने सुझाव दिइन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार