टेक्नोलोजीमा अब्बल मोर्गन कलेज (भिडियो रिपोर्ट)

शिक्षा क्षेत्रमा लामो समयदेखि माझिएर आएका शिक्षा विद्धहरुको समूहले विश्व स्तरीय शिक्षा स्वदेशमै दिने लक्ष्यका साथ स्थापना गरिएको कलेज हो, मोर्गन इन्टरनेशनल कलेज । यो कलेज काठमाडौंको बसुन्धारामा अवस्थित छ ।

उच्च माध्यामिक शिक्षा परिषद्को सम्बन्धनमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन र मानविकीको अध्ययन हुँदै आएको कलेजबाट स्नातक तहसम्मको अध्ययन पुरा गर्न सकिन्छ । मोर्गन इन्टरनेशनल कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिआइएम र बिबिएस कोर्स पनि गराउँदै आएको छ । त्यसैगरी कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बिबिए र बिएचएमको कोर्स समेत गराउँदै आएको छ ।

मोर्गनले परिणाम तर्फको कुरा गर्दा शप्रतिसत रिजल्ट दिँदै आएको छ । तर, यस कलेजमा पढ्ने विद्यार्थिले धेरै नम्बर ल्याएर पास गर्नुलाई मात्र ठूलो महत्व दिईदैन । अनुशासित र सक्षम नागरिक उत्पादनलाई कलेजले मूख्य रिजल्ट ठान्ने गरेको छ ।

सीमित शैक्षिक संस्थाले मात्र तयार गर्न सक्ने भौतिकपूर्वाधार यस कलेजले तयार गरेर विद्यार्थीलाई चौतर्फी ज्ञान प्रदान गर्दै रहेको छ । कलेजले विद्यार्थीलाई पढाईका अतिरिक्त खेलकुद, मनोरञ्जन, कला, साहित्य जस्ता क्षेत्रमा पनि जोड दिने गरेको छ । विद्यार्थीको रुची र क्षमता अनुसार उनीहरुलाई स्वतन्त्रपूर्वक ढंगले पढ्न सक्ने व्यवस्था मिलाएको छ ।

यस कलेजलाई प्रतिवद्ध एवं प्राज्ञिक शिक्षक समूहले हाँकिरहेको छ ।

प्रस्तुत छ, कलेजको विस्तृत विवरण समेटिएको भिडियो रिपोर्ट