वामपन्थी तालमेलका लागि ओलीलाई नारायणकाजीको आग्रह

वामपन्थी तालमेलका लागि ओलीलाई नारायणकाजीको आग्रह


नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमलका लागि आग्रह गरेका छन् । त्यसका लागि तुम शेर तो, हम सवाशेर छाडेर आत्मसमीक्षा गर्न नेताहरुलाई आग्रह गरे ।

शनिबार काठमाडौंमा आयोजित ‘ नेपालको भूराजनीतिक अवस्था स् चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा माओवादी केन्द्रका नेता श्रेष्ठले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरु भएको उनले बताए । तर अहिले वामपन्थीहरुले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको र यसले देशको अस्थित्व संकटमा पर्नसक्ने बताए ।
उनले अघि भने, ‘ देश सिध्याउने काम नगरौं । त्यसका निम्ति वापन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल र मोर्चातिर जान आवश्यक छ ।’
मञ्चमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै श्रेष्ठले भने, ‘सबैसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो, हम सवा शेर छोडिदिऊँ ।’

तालमेल गरेर अघि बढेनन् भने वामन्थीहरु सिध्दिने दिशातिर जाने उनले बताए ।

Logo