उपरथी थापा युएन मिसनको फोर्स कमान्डर नियुक्त

उपरथी थापा युएन मिसनको फोर्स कमान्डर नियुक्त


संयुक्त राष्ट्र सङ्घ (युएन)ले नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई शुक्रबार फोर्स कमान्डर नियुक्त गरेको छ ।  

युएनका महासचिव एन्टोनियो गुटेरेसले   थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई (युएन) डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने गरी फोर्स कमान्डर नियुक्त गरेको हो ।

शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर फर्किसकेका नेपाली सेनाका रथी ईश्वर हमालको ठाउँमा थापाले गएर काम गर्नेछन् ।
सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत उपरथी थापालाई नेपाली सेनाको सिफारिसमा सरकारले फोर्स कमान्डरका स्वीकृति दिएको थियो । विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये नेपाल दोस्रो नम्बरमा छ ।

Logo