टेक्नोलोजीमा अब्बल- मोर्गन कलेज (भिडियो रिपोर्ट)

विश्व स्तरीय शिक्षा स्वदेशमै दिने लक्ष्यका साथ स्थापना गरिएको कलेज हो, मोर्गन इन्टरनेशनल कलेज । यो कलेज काठमाडौंको बसुन्धारामा अवस्थित छ ।

उच्च माध्यामिक शिक्षा परिषद्को सम्बन्धनमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायको अध्ययन हुँदै आएको छ । त्यस्तै स्नातक अन्तर्गत बिआइएम, बिसीए, बिबिएम, बिबिएस, बिए, बिबिए, बिएचएम, बिइ सिभिल, बिइ इलेक्ट्रिक र स्नात्तकोतर अन्तर्गत एमबिएस, एमबिए, एमएससी लगायतको अध्यन अध्यापन हुदै आएको छ  ।

यस कलेजमा पढ्ने विद्यार्थीले धेरै नम्बर ल्याएर पास गर्नुलाई मात्र ठूलो महत्व दिईदैन । अनुशासित र सक्षम नागरिक उत्पादनलाई कलेजले मूख्य रिजल्ट ठान्ने गरेको छ ।

सीमित शैक्षिक संस्थाले मात्र तयार गर्न सक्ने भौतिक पूर्वाधार यस कलेजले तयार गरेर विद्यार्थिलाई चौतर्फी ज्ञान प्रदान गर्दै रहेको छ । खेलकुदका लागी आवश्यक भौतिक पूर्वाधारमा त कलेजले धेरैलाई उछिनेको छ ।

कलेजले विद्यार्थीलाई पढाईका अतिरिक्त खेलकुद, मनोरञ्जन, कला, साहित्य जस्ता क्षेत्रमा पनि जोड दिने गरेको छ । विद्यार्थीको रुची र क्षमता अनुसार उनीहरुलाई स्वतन्त्रपूर्वक ढंगले पढ्न सक्ने व्यवस्था मिलाएको छ । थप तलको भिडियोमाः