स्वेच्छाले सँगै बसेकी महिलाले पुरुषमाथि बलात्कारको मुद्दा हाल्न मिल्दैन : अदालत

स्वेच्छाले सँगै बसेकी महिलाले पुरुषमाथि बलात्कारको मुद्दा हाल्न मिल्दैन : अदालत


भारतको सर्वोच्च अदालतले कुनै पुरुषसँग रिलेसनसीपमा रहेकी र स्वैच्छाले उसँग बसेकी महिलाले सम्वन्ध बिग्रिएपछि निज पुरुषविरुद्ध बलात्कारको मुद्दा हाल्न नसक्ने निर्णय सुनाएको छ । 

अदालतले यस्तै मुद्दामा फसेका एक आरोपिलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । एक महिलाले आफ्नो पूर्वप्रेमी विरुद्ध सर्वोच्च अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन् । अदालतले ती महिला र पुरुष ४ वर्षसम्म रिलेसनसीपमा रहेको तथा शारीरिक सम्वन्ध कायम भएको समयमा महिलाको उमेर २१ वर्ष पुगेकाले यो बलात्कार ठहर हुन नसक्ने जनाएको हो ।

‘वादी पक्ष आरोपीसँग स्वैच्छाले नै बसेको तथा प्रेम सम्वन्धमा रहेको तथ्य देखिएको हुँदा यदि त्यो सम्वन्ध टुटेको अवस्थामा निजविरुद्ध एफआइआर दर्ता हुन सक्दैन,’ सर्वोच्चको इजालासले भनेको छ । राजस्थान उच्च अदालतले गत मे १९ मा सुनाएको फैसला विरुद्ध अन्सार मोहम्मद नामका पुरुषले सर्वोच्चको ढोका ढक्ढाकाएका थिए ।

उच्च अदालतले मोहम्मदलाई धरौटीमा छोड्न अस्वीकार गरेको थियो । उच्च अदालतको आदेश उल्टाउँदै सर्वोच्चले मोहम्मदलाई धरौटीमा छोडेको हो । यद्यपि, यो आदेश धरौटीका लागि दिइएको निवेदनको हकमा मात्रै भएको इजलासले स्पष्ट पारेको छ । घटनाको अनुसन्धान भने जारी रहने जनाइएको छ । 

निवेदकले आफूलाई विवाहको आश्वासन राखेर मोहम्मदले शारीरिक सम्वन्ध राखेको आरोप लगाउँदै बलात्कारको मुद्दा दायर गरेकी थिइन् । 

Skip This
Logo