ओलीको जवाफमा ताली बजाएको भन्दै नारायणकाजीको गुनासो

ओलीको जवाफमा ताली बजाएको भन्दै नारायणकाजीको गुनासो


माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व‍ाम एकता र तालमेलको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीको जवाफमा ताली बजाएकोप्रति गुनासो गरेका छन ।

शनिबार ‘ नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटोे’ विषयमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वाम एकता र तालमेलको विषयमा आफनो र ओली दुवैको भनाइमा ताली बजाएको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् ।

श्रेष्ठका अनुसार सो कार्यक्रममा नेपालका वामपन्थी शक्तिहरूले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति प्रयत्नलाई नै निरन्तरता दिने हो भने वामपन्थी आन्दोलन नै धराशयी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त बन्ने खतरा बढाउने भएकाले वामपन्थी शक्तिहरूबीचको तालमेल, मोर्चा र एकताको आवश्यकता औ‌ल्याएका थिए ।
 
 
 

Logo