#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व78553437811582138165585
नेपाल5041

कफी उत्पादनमा काभ्रे पहिलो जिल्ला घोषणा

काभ्रे,

ब्यवसायीक कफीखेती सर्बेक्षणले काभ्रे जिल्लालाई उत्पादनका हिसावले नेपालको पहिलो जिल्ला घोषणा गरे सँगै जिल्लामा उत्पादन हुने कफीको गुणस्तर बृद्धी गर्ने सरोकारवालाहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

धुलिखेलमा आयोजित सर्वेक्षण २०७५ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा जिल्लाको बस्तुगत तथ्याङ्क प्रस्तुत गरिएको थियो । काभ्रे जिल्लामा ९ सय ४३ कृषकले ब्यवसायीक कफी खेती गरिरहेका छन् । सर्बेक्षणमा ५० बोट भन्दा धेरै खेती गर्ने कृषकहरुलाई ब्यवसायीक खेती गर्ने कृषकका रुपमा सूचीकृत गरिएको छ ।

जिल्लामा रहेका कफी कृषकहरुको फर्ममा १ लाख ४ सय ३० बोटबाट कफी फलिरहेको छन् भने ५ लाख १६ हजार ५१ बोट कफी फल्ने क्रममा छन् । १०४.३ हेक्टर जमिनमा उत्पादन भएको कफीका बोटबाट फ्रेस चेरी २ लाख २१ हजार ९०७ केजी अथार्त २ सय २१ मेट्रिक टन उत्पादन भएको छ । उत्पादीत कफी मध्ये ८२ प्रतिशत अर्गानिक रहेको छ भने ४३ प्रतिशत कृषकहरुले अर्गानिक प्रमाणीत गरेका छन् ।

तथ्याङ्क विभागका निर्देशक डा. महेश सुवेदीले ७७ जिल्ला मध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको छ । उत्पादन र गुणस्तरमा पहिलो रहेको काभ्रे जिल्ला पछि स्याङ्गजा दोश्रो र सिन्धुपाल्चोक तेश्रो रहेको छ । देशभर ६ हजार ३४६ कृषक छन् भने प्रदेश नम्वर ३ मा कफी धेरै उत्पादन हुन्छ ।

तथ्याङ्क सकंलनसँगै प्रत्येक कृषकहरुलाई कफीको गुणस्तर सुधार गर्न पाँच पाँचवटा सुझाव माग गरिएकोमा तथ्याङ्क विभागले १० वटा महत्वपूर्ण सुझाव सरकारलाई बुझाईएको निर्देशक बद्री कार्कीले बताउनुभयो । तथ्याङ्क विभागले चिया, फ्लोरीकल्चर, पोल्ट्री पछि कफीको सर्वेक्षण गरिएको तथ्याङ्क अधिकृत गणेश फुँयालले बताउनु भयो ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार