नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम भने घट्यो


कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ ।

शुक्रबार ७ दशमलव ९३ अंकले बढेको बजार आज १ दशमलव ९३ अंकले बढेर २ हजार ११ दशमलब ३९ विन्दुमा पुगेको हो ।  त्यस्तै, आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । आज २१० वटा धितोपत्रको ३० लाख ४५ हजार कित्ता सेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । 

आज १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ८ वटा समूहको परिसूचक घटेको छ ।  कारोबार रकमको आधारमा आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ४ लाख भन्दा बढीको सेयर कारोबार भयो । 

Logo