लमजुङमा ८१ प्रतिशत रोपाइँ

लमजुङमा ८१ प्रतिशत रोपाइँ


लमजुङमा हालसम्म ८१  प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका प्रमुख सुदिप खतिवडाले बताए । 
लमजुङमा बर्खे र चैते धान गरी १३ हजार दुई सय ५० हेक्टरमा धान खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यतिवेला बर्खे धान रोप्ने काम भइरहेको छ ।
लमजुङमा पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला खेतमा जेठ अन्तिम हप्तादेखि नै धान रोपाइँ  सुरु भएको थियो  । मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्‍न बाँकी छ ।
मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्ष लमजुङमा धान रोपाइँ  चाँडै सुरु गरिएको थियो । 
लमजुङको ठूलाठूला फाँटहरू राइनासटार, धमिलिकुवा, रामचोकबेँसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसय लगायतका स्थानमा मकै पाकेसँगै धान रोपाइँ भइरहेको छ ।

 

Logo