सानिमाका सबै खाताहरुमा मासिक ब्याज साथै बम्पर धमाका योजना

सानिमाका सबै खाताहरुमा मासिक ब्याज साथै बम्पर धमाका योजना


नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ । 

बैंकले नेपाली तथा विदेशी मुद्रा  अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कलखाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ ।
 व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण,तथा निःशुल्क क्रेडिट कार्ड पनि व्यवस्था गरिएको छ ।    
त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ बर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ ।  

Logo