विप्लब समूहद्वारा वडा कार्यालयमा आगजनी, प्रहरी घाइते

प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लब) समूहले बर्दियाको गेरुवा गाउँपालिका-६ को कार्यालयमा आगजनी गरेको छ ।

सोमबार मध्यरातमा चन्द समूहले आगजानी गर्दा वडा कार्यालयको लेखाफाट जलेर पुरै नष्ट भएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ्गले वडाका विवरणहरू नष्ट भएको जानकारी दिए।

आगो निभाउन जाने क्रममा इलाका प्रहरी कार्यालय पाताभार प्रहरी निरिक्षक खेमबहादुर मल्ल गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा छत ढलेर लाग्दा उनी गम्भीर घाइते भएका हुन् । उनको नेपालगन्जमा उपचार भैरहेको छ।

घटनास्थलमा विप्लब निकट भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको छ । घटनास्थल सदरमुकाम गुलरियाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्छ ।