आचार्य फ्लप भएपछि पैसा फिर्ता

आचार्य फ्लप भएपछि पैसा फिर्ता


बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् ।

फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा परेको कुरालाई कलाकार सुन्न चाहँदैनन् । तर, दक्षिण भारतीय फिल्ममा यस्तो घटना विरलै देखिन्छ र सुनिन्छ । यहाँका कलाकार फिल्म फ्लप भए पनि त्यसको भागिदार आफू पनि हुने अनुभव लिँदै पारिश्रमिक पनि फिर्ता दिन पछि पर्दैनन् ।

गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरणले निर्मातालाई आफ्नो आधा पारिश्रमिक फिर्ता गरिदिएका छन् । उनीहरूसँगै फिल्मका निर्माता कोरातला सिवाले पनि आफ्नो ५० प्रतिशत पारिश्रमिक फिर्ता दिएका छन् ।

यो फिल्म निकै धुमधामका साथ रिलिज भएको थियो । बाबुछोरा चिरञ्जीवी र रामचरणको अभिनय रहेकाले पनि फिल्मले सफलता पाउनेमा सबैजना ढुक्क थिए । तर वास्तविकता ठीक विपरित भइदियो । फिल्मले बक्सअफिसमा टिक्न सकेन । जसकारण फिल्मका निर्मातासँगै वितरकले नराम्रो घाटा सहनुपरेको हो ।

फिल्म हिट हुने आशामा वितरकले महँगो मूल्यमा फिल्म किनेका थिए । उनीहरुले निर्मातासँग फिल्मबाट प्राप्त मुनाफा नबाँड्ने र असफल भएमा त्यसको क्षति आफैं व्यहोर्ने सहमति गरेका थिए । फिल्म असफल भएपछि वितरकहरु निर्माता तथा निर्देशकको शरणमा पुगे ।

उनीहरुले घाटाको भरपाई हुने आश्वासन दिएपछि निर्देश्क कोरातलाले आफ्नो आधा पारिश्रमिक निरञ्जर रेड्डीलाई फिर्ता गरे । यो कुरा चिरञ्जीवी र राम चरणले थाहा पाएपछि उनीहरुले पनि आधा प्रतिशत रकम फिर्ता गरिदिए ।

एजेन्सी

Logo